

वाणिज्य बैंकहरुले स्वाट्टै घटाए व्याजदर




काठमाडौं । वाणिज्य बैंकहरु नयाँ व्याजदर सार्वजनिक गरेका छन् । सोही ब्याजदर अनुसार अधिकांशको व्याज घटेको हो ।
यता, असारको तुलानामा साउनमा बैंकको ब्याजदर मुद्दती निक्षेपको औषतमा ०.२०४ प्रतिशतले घटेको बेलामा असारमा औषतमा बैंकको ब्याजदर मुद्दती निक्षेपमा ५.९०२ प्रतिशत कायम रहेको देखिन्छ। सोही साउनमा घटेर ५.६९७ प्रतिशतमा झरेको बेलामा २० वाणिज्य बैंकमा १४ वटा बैंकले मुद्दती निक्षेपको ब्याजदर घटेको र ४ वटा बैंकको ब्याजदर स्थिर देखिन्छ । त्यस्तो बेलामा २ वटा बैंकको ब्याजदर बढेको र त्यस्तो बेलामा स्टयान्डर्ड चार्टर्ड र हिमालयन बैंक छन् । यता, ब्याजदर स्थिर राख्नेमा माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबी बैंक रहेको छ।
यता, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक र एनएमबी बैंकको ब्याजदर ६.६ प्रतिशत र सिद्धार्थ बैंकको ५।७५ प्रतिशत रहेको बेलामा सबैभन्दा धेरै ब्याजदर प्रभु बैंकले १.८५ प्रतिशतले घटाएको अवस्था छ ।