

भक्तपुर मालपोतका प्रमुखसहित दुई कर्मचारी २४ लाख घुसकाण्डमा प्रकाउ




काठमाडौं। घुस लिएको आरोपमा तीन जना प्रकाउ परेका छन् । त्यसरी पक्राउ पर्नेमा मोहीको नाममा जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग साढे २४ लाख रुपैयाँ घुस लिएको आरोपमा भक्तपुरस्थित मालपोत कार्यालयका प्रमुखसहित दुई कर्मचारी प्रहरी नियन्त्रणमा पुगेका हुन्।
यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सोमबार नियन्त्रणमा लिएको सुनाइएको छ।
साथै, आयोगका अनुसार चाँगुनारायण नगरपालिका–५ मा अवस्थित करिब १४ रोपनी ४ आना जग्गा मोही र तल्सिङको विवरण मिलाएर मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउने प्रक्रिया मिलाइदिने भन्दै सेवाग्रहीसँग २४ लाख ५० हजार रुपैयाँ माग गरिएको थियो। सोही रकम लिँदै गर्दा उनीहरू रंगेहात पक्राउ परेको जनाइएको छ ।
सोही स्थानबाट पक्राउ परेका व्यक्तिहरूसँग भएको २ थान मोबाइल फोन जफत गरिएको आयोगले जानकारी दिएको हो ।