

पेट्रोल र डिजेल दुवैको मूल्य घट्यो




काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएको छ। एक सूचना प्रकाशन गर्दै निगमले पेट्रोलमा प्रतिलिटरमा ५ रुपैयाँ तथा डिजेल, मट्टितेलमा १ रुपैयाँ मूल्य कमी भएको जनाएको हो।
यता, इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा आएको पेट्रोलियम पदार्थको नयाँ मूल्यलाई आधार मान्दा मूल्य घटेको अवस्था छ।
सो मूल्य समायोजन हुनुभन्दा अघि पेट्रोल प्रतिलिटर १ सय ६५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ सय ४९ रुपैयाँ जनाइएको हो ।
नयाँ मूल्यले पेट्रोल प्रतिलिटर १ सय ६० रुपैयाँ एवम् डिजेल र मट्टितेल प्रतिलिटर १ स ४८ रुपैयाँ कायम हुन पुगेको छ। सो नयाँ मूल्य भने आज राति १२ बजेदेखि लागू हुने जनाइएको हो ।