

घर जग्गामा ऋणको सीमा थपियो




काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गरेको छ । आगामी आर्थिक वर्ष लक्षित नयाँ मौद्रिक नीतिबाट नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको हो ।
अब आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले घर किन्न दिइने व्यक्तीगत कर्जाको अधिकतम सीमा ३ करोड पुर्याएको छ भने विगतमा त्यस्तो कर्जा २ करोडसम्म कायम भएको हो ।