

वर्ष दिनमा अर्थतन्त्र ४ खर्बले बढ्दा, राजस्व र पुँजीगत खर्चमा पनि वृद्धि




काठमाडौं । एक वर्षको अवधिमा अर्थतन्त्र ४ खर्ब रुपैयाँ हाराहारीले बढ्न पुगेको छ । बिहीबार अर्थमन्त्रालयले प्रकाशन गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादन जीडीपी ५७ खर्ब रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा ६१ खर्ब पुगेको देखिएको हो।
त्यस्तै, मन्त्रालयले सोही अवधिमा राजस्व संकलनमा १ खर्ब ८ अर्ब रुपैयाँले वृद्धि भएको छ भने पुँजीगत खर्च पनि ३६ अर्ब रुपैयाँले वृद्धि हुन पुगेको अवस्था छ।
साथै, बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको बेलामा गत आर्थिक वर्षको समिक्षा अवधिमा वृद्धिदर ५.६ प्रतिशतमा कायम थियो। यता, रेमिट्यान्समा १५.५ प्रतिशत र निर्यातमा ७७.८ प्रतिशतको वृद्धि भएको तथा सोही बेलामा आयाततर्फ १३.१ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयको तथ्यांकमा देखिन्छ ।