

राष्ट्र बैंकले ६० करोड मुद्दती निक्षेपमा लगानी गर्ने भन्दै ब्याज दर प्रस्तावमा जोड




काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६० करोड रुपैयाँ अब मुद्दती निक्षेपको रुपमा लगानी गर्ने निर्णय गरेको छ। बिहीबार एक सूचना मार्फत वाणिज्य बैंकहरुमा ४८ करोड, विकास बैंकमा ९ करोड र राष्ट्रिय स्तरका फाइनान्समा ३ करोड रुपैयाँ लगानी गर्ने सुनाइएको हो।
यता, सोही निक्षेत्रपमा २०८२ साउन ४ गतेदेखि २०८३ साउन ४ गतेसम्म गरी ३ सय ६६ दिनको लागि मुद्दती निक्षेपमा लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरु नै ब्याज दर उल्लेख गर्न सुझाइएको छ । त्यस्तो उल्लेखित दर चालु आर्थिक वर्षकै असार ३० गतेसम्म एप्लाई गर्नु सकिने राष्ट्र बैंकको सूचनामा उल्लेखित छ।