

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ मानुषी लघुवित्तको शेयर रजिष्ट्रारमा नियुक्त




काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । उक्त सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको हो।
अब, सोही सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै सो संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङ मार्फत हुने जनाइएको छ ।