

काभ्रेको घिउ सिमीमा अत्यधिक विषादी भेटियो




काठमाडौं । कालीमाटी तरकारी बजारमा काभ्रेबाट बिक्रीका लागी ल्याइएको घिउ सिमी खान अयोग्य भएको पाइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा काभ्रेकी शान्ता ढुङगानाले बिक्रीका लागी ल्याएको घिउ सिमीमा अत्यधिक विषादी भेटीएको छ ।
किसान ढुङगानाले बिक्री गर्न ल्याएको घिउ सिमीमा ८६.५४० प्रतिशत अर्गानोफस्फेट भेटीएको छ । समितिका अनुसार ८६.५४० प्रतिशत अर्गानोफस्फेट भेटिएको घिउ सिमी खान अयोग्य हुन्छ ।
समितिका अनुसार ४५ प्रतिशत भन्दा बढी अर्गानोफस्फेट भेटीयो भने त्यो तरकारी तथा फलफूल खान अयोग्य हुन्छ । त्यसलाई बिसर्जन गर्नुपर्छ ।