

हाई कोर्टले महानगरलाई दियो आदेश : काठमाडौं टावरको निर्माण नरोक्नु




काठमाडौं । उच्च अदालत पाटन हाई कोर्ट ले अन्तरिम आदेश जारी गरेको छ । उसले पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण नरोक्नु भन्दै काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो।
यता, सोही टावरको निर्माण रोक्ने काठमाडौं महानगरपालिकाको निर्णय विरुद्ध स्वच्छन्द बिकोई बिल्डर्स उच्च अदालत पाटनमा उपस्थित भएको थियो। सोही टावरको निर्माण रोक्नु भन्दै यसअघि २०८१ साल माघ ९ गते काठमाडौं महानगरपालिकाले पत्र पठाई काठमाडौं टावरको निर्माण रोक्न आदेश जारी गरेको थियो।
त्यस्तै, न्यायाधीश प्रकाश खरेलको इजलासले काम नरोक्न अन्तरिम आदेश दिएको बेलामा अब तला थप्न महानगरबाट अनुमती लिएको, नक्सा स्वीकृत भइसकेको र नक्सा स्वीकृती लिँदाको दस्तुर समेत तिरिसकेको भन्दै निर्माण रोक्नु पर्ने कुनै कारण नदेखिएको अदालतले प्रष्ट पारेको हो।