

नेप्से परिसूचक २२ अंकले बढ्दा, ७ अर्ब माथिको कारोबार




काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढ्न पुगेको छ । नेप्से परिसूचक साताको चौथो दिन २२.०४ अंकले बढ्न पुगेको हो ।
सोही दिन २७०५.९० बिन्दुमा नेप्से इन्डेक्स रोक्किदा हिजो मंगलबार ६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो। सोही दिन १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको तथा २ उपसमूहको परिसूचक ओरालो लागेका छन्।
बुधबार नेप्सेमा बरुण हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.२१ प्रतिशतले उचालिदा पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशत माथि बढेका छन् ।
कारोबारको हिसाबमा राधी विद्युत कम्पनीले सबैलाई टक्कर दिएको बेलामा यसको ४६ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर किनबेच हुन पुगेको नेप्से परिसूचकमा देखिन्छ ।