

७०औं वार्षिकोत्सवमा यामाहाले ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर सुविधा




काठमाडौं । आफ्नो ७०औं वार्षिकोत्सवको अवसरमा यमाहा नेपालले राष्ट्रव्यापी एक्सचेन्ज अफरको सुरुवात गरेको छ। सोही कम्पनीले असार २५ देखि ३२ गतेसम्म देशभरका यामाहा शोरूमहरूमा यो एक्सचेन्ज इभेन्ट सञ्चालन गर्ने जानकारी दिएको अवस्था छ।
यता, सोही अफरअन्तर्गत ग्राहकहरूले अधिकतम ७ हजारसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै ७।९९ प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पनि उपलब्ध छ। निश्चित मोडेलमा भने शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीको विकल्प पनि दिइने कम्पनीले जनाएको छ।
त्यस्तै, अन्य अफरहरूमा कुनै पनि ब्रान्डको बाइक वा स्कुटरमा न्यूनतम २५ हजार रुपैयाँ को मूल्यांकन, थप १० हजार रुपैयाँ सम्मको मूल्यांकन बोनस, लचिलो फाइनान्स सुविधा र २ वर्षसम्मको ट्याक्स फ्री राइड अफर समावेश छन्। उक्त अफरसँग सम्बन्धित धारणा राख्दै एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपक कुमार अग्रवालले यामाहाको ७०औं वार्षिकोत्सव समयको मात्र होइन, प्रविधि र ग्राहक विश्वासको यात्रा पनि भएको सुनाए। उनले ग्राहकलाई यामाहाको अनुभव अझ सहज र पहुँचयोग्य बनाउन यो क्याम्पेन ल्याइएको बताएका हुन्।