

ग्लोबल आइएमई समुन्नत योजना २ को एकाइ खरिदको आवेदन म्याद थपियो




काठमाडौं । असार २२ गतेदेखि निष्कासनमा ल्याएको ग्लोबल आइएमई क्यापिटल लिमिटेडको ग्लोबल आइएमई समुन्नत योजना २ को एकाइ खरिदका लागि आवेदन दिने अवधि थपिाएको अवस्था छ। हालसम्म उक्त योजनाको एकाइ किन्नेहरुले असार २५ गतेभित्र मागबमोजिम आवेदन नदिएको भन्दै आगामी साउन ४ गतेसम्मका लागि समय थप गरिएको हो।
यता, क्यापिटलले प्रतिएकाइ १० रुपैयाँ अंकित मूल्यका १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड एकाइ बिक्रीमा ल्याएको बेलामा ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सोही योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना रहेको जनाइएको छ।
त्यस्तै, कुल १२ करोड एकाइको १५ प्रतिशत एकाइमध्ये १ दशमलव ५ प्रतिशत अर्थात् १८ लाख एकाइ योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १३ दशमलव ५० प्रतिशत अर्थात् १ करोड ६२ लाख इकाई बीज पुँजीको रुपमा राखी बाँकी रहेको १० करोड २० लाख एकाइ सर्वसाधारणलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।
साथै, सोही योजनमा न्यूनतम १०० देखि १ करोड २० लाख एकाइसम्म माग गर्दै आवेदन दिन पाउने व्यवस्था रहेको छ । योजनाको एकाइ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो सेयर अनलाइनमार्फतसमेत आवेदन दिन सकिने व्यवस्था रहेको बताइएको हो।