

४० अर्ब खिच्दै राष्ट्र बैंक




काठमाडौं । बुधबार, नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने तयारी गरेको छ । उसले बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार २५ गते ४० अर्ब रुपैयाँ खिच्ने भएको हो ।
यता, राष्ट्र बैंकले ६३ दिन अवधीका लागि उठाउन लागेको ४० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले भदौ २५ गते फिर्ता पाउनेछन् ।
त्यस्तै, ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले बताएको छ।
बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।