

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ऋणपत्र जारी गर्ने




काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले असार ३२ गतेदेखि ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले बार्षिक ८ प्रतिशत ब्याजदर पाइने गरी १० वर्ष अवधिको ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्काशन गर्न लागेको हो ।
प्रति इकाइ एक हजार रुपैयाँका दरले १ अर्ब रुपैयाँको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा ६० करोड रुपैयाँको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बैकले बिक्री गर्ने भएको छ । बाँकी ४० करोड रुपैयाँको ४ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गरिने छ । २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
ऋणपत्रमा न्यूनतम २५ र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिनुपर्ने छ । यो छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गते बन्द हुने छ । यसको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ ।
लगानीकर्ताले सी आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।