

राष्ट्रपति पौडेलले गरे सर्वोच्च अदालतमा ३ न्यायाधीश नियुक्त




काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त गरेका छन्।
उक्त नियुक्ती राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका तीन पदका लागि गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए। न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा नियुक्त भएका हुन्।
साथै, संसदीय सुनुवाइ समितिले यसअघि तीन जना न्यायाधीशको नाम सर्वोच्चमा अनुमोदन गरेको थियो। न्याय परिषदको सिफारिस अनुसार नै सर्वोच्च अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्त भएको जनाइएको हो।