

सिप्ला सेक्युरिटिजको कारोबार तीन दिन रोक्का




काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिप्ला सेक्युरिटिज प्रा.लिलाई कारबाही गरेको छ । को कारोबार रोक्का गरेको छ । उसको कारोबार तीन दिनलाई रोक्किएको हो ।
सेक्युरिटिजले कारोबारको राफसाफ समयमै नगरेपछि सीडीएससीले नेप्सेलाई पठाएको पत्रको आधारमा तीन दिन कारोबार रोक्का गरेको बताइएको छ ।
साथै, धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ को उपविनियम १ (छ) बमोजिम २३ देखि लागू हुने गरी तीन कार्य दिनका लागि कारोबार गर्न नपाउने गरी निलम्बन गरिएको खबर छ ।