

हिमालयन बैंकले एफपीओ ल्याउने




काठमाडौं । हिमालयन बैंकले थप सार्वजनिक निष्कासन (एफपीओ) ल्याउने भएको छ । उसको एफपीओ ल्याउने प्रस्तावलाई सेबोनले स्वीकृती दिएको हो।
यससँगै बैंकले प्रतिकित्ता १ सय ५७ रुपैयाँका दरले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँको ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
यता, बैंकको ऋणपत्रलाई केयर रेटिङले केयर एनपी बीबीबी दिएको बेलामा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल तोकिएको हो ।