

राष्ट्र बैंकद्धरा मौद्रिक नीति लक्षित सुझाव संकलन




काठमाडौं । बैंक वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले आउने आर्थिक २०८२/८३ लक्षित मौद्रिक नीति विाशेष सुझावहरु लिएको छ । यसले विभिन्न संघ संस्थाका प्रतिनिधी तथा प्रमुखहरुसँग त्यस्तो सुझाव लिएको हो।
राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि राय सुझाव सङ्कलन गर्ने भन्र्दै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। उसले सोही कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, बैंक तथा वित्तीय संस्था, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, राष्ट्रिय सहकारी महासंघ लगायतका निकायबाट सुझाव संकलन गरेको छ।
सोही सुझावलाई आधार बनाउँदा मौद्रिक नीति तय गर्न थप सहज हुने समेत कार्यक्रममा बताइएको हो ।