

नेपाली बीमा क्षेत्रको विरासत बोकेको नेपाल लाइफ : दैनिक नयाँ रेकर्ड ब्रेक गर्दै




काठमाडौं । नेपाली बीमा क्षेत्रको विभिन्न सूचकहरुको आधारमा अब्बल कम्पनी हो, नेपाल लाइफ । पछिल्लो समय उसले नेपाली बीमा क्षेत्रमा आफ्नो छुट्टै विरासत कायम गरेर यो उद्योगको गरिमा राखेको त छनै, अझ रोचक कुरा उसले दैनिक रेकर्ड समेत ब्रेक गर्दै गएको अवस्था छ।
नेपाल लाइफलाई तथ्यांकगत रुपमा केलाउदा नै अन्य कम्पनीको तुलनामा उसका केही अभूतपूर्व सबल पक्षहरु समेत फेला परेका छन्।
हाल कतिपय बीमा कम्पनीहरुलाई नियामकिय पूँजी जम्मा पाँच अर्ब रुपैयाँ पुर्याउन धौ-धौ परेको बेलामा नेपाल लाइफले सब्सिडरी कम्पनी नै पाँच अर्ब लगानीमा स्थापना गरेको छ । यो नेपाल लाइफको लागि सामान्य कुरा हो ।
हुन त नेपाल लाइफको विश्लेषण गर्दा यदाकदा उसलाई यकपक्षिय विश्लेषण गरे जस्तो समेत भान हुनसक्छ सक्छ तर यो वास्तविक तथ्यांकले नै बोलेको कुरा हो ।
अब लागौ नेपाल लाइफका केही तथ्यांकहरुतर्फ
हाल समग्र बीमा उद्योग अन्य १४ कम्पनीको सगोलमा हेर्दा नेपाल लाइफको बीमाशुल्क आम्दानी २७ प्रतिशत रहेको छ । प्रथम बीमाशुल्क २३ प्रतिशत रहेको छ ।
एफपिआई कन्भेन्सन २६ प्रतिशत रहेको छ । नविकरण बीमामा उसको हिस्सा २७ प्रतिशत रहेको छ । यो समग्र बीमा उद्योगको कुल डाटाको तुलनामा हो ।
२ खर्ब १५ अर्बको लाइफ फण्ड
अहिले नेपाल लाइफको जीवन बीमा कोषमा रहेको रकम २ खर्ब १५ अर्ब रुपैयाँ छ । कम्पनीले जीवन बीमा कम्पनीको बीमा कोष भनेकै बीमितको विश्वासको प्रतिमूर्ती हुने भन्दै व्याख्या समेत गर्ने गरेको छ । र, उक्त व्याख्या साँचो पनि हो । कतिपय कम्पनीहरुले आफ्नो लाइफ फण्ड बढाउन ठूलो कसरत गरि रहेको पाइन्छ । त्यो नेपालमा मात्र नभई दक्षिण एशिया र विश्वका धेरै देशमा लागू भएकै कुरा हो ।
नेपाल लाइफले हाल देशभर प्रदेश तथा स्थानीय तहमा आफ्नो बलियो उपस्थिती जनाउँदै १ सय ९५ शाखा संजालबाट जीवन बीमा सेवा प्रदान गरि रहेको छ । हाल नेपाल लाइफमा ६० हजार प्लस बीमा मध्यस्तकर्ता, बीमा एजेन्टहरु आवद्ध छन् भने कम्पनीको चुक्ता पुँजी ९ अर्ब ३ करोड कायम भएको अवस्था छ । हाल नेपाल लाइफको ग्रस प्रिमियम ३ सय १० अर्ब छ ।
मृत्यु दाबी बापत तिर्यो ७ अर्ब भुक्तानी
नेपाली बीमा क्षेत्रमा कतिपय बेलामा बीमा कम्पनीहरुले पैसा नदिएको गुनासोहरु बाहिर आउने गर्छन् । त्यस्तो गुनासो जीवन बीमाको हकमा कमै आउने यसको बीमाको केही प्रकृतिले पनि हुनसक्छ । तर, नेपालमा बीमा क्षेत्रको भुक्तानीको कुरा गर्दा नेपाल लाइफले दिएको मुत्यु दाबी भुक्तानी ७ अर्ब ३१ करोड ४० लाख ७६ हजार ७ सय ९८ रहेको छ । हाल कम्पनीले १६ हजार ५ सय २४ जना मृतकको दाबी-भुक्तानी गरिसकेको छ ।
४३ लाख बढी बीमा पोलिसी बेच्न सफल नेपाल लाइफ
हालसम्म नेपाल लाइफको ४३ लाख ५६ हजार २ सय ५ बीमालेख, बीमा पोलिसी नागरिकहरुले खरिद गरिसकेका छन् ।
यससँगै हरेक वर्ग, हरेक तप्का, विभिन्न तहका आर्थिक हैसियत भएका नागरिकहरुको जोखिमसँग नेपाल लाइफ इन्स्योरेन्स जोडिन सफल भएको छ । निश्चित प्रकारका बजारले माग गरे अनुसारका बीमा उत्पादन ल्याउँने र सामाजिक उत्तर दायित्वमा समेत सक्रिय भएको भन्दै नेपाल लाइफलाई नेपाल सरकार तथा नियामक निकायले समेत अब्बल दर्जाको कम्पनीको रुपमा बेला बेला सम्मान तथा चर्चा गर्ने गरेका छन् ।
यससँगै नेपाली बीमा बजारमा बीमा क्षेत्रमा बामे सर्दै गर्दादेखि यहाँसम्म बीमा बजारलाई नयाँ उचाई दिलाउन कुनै पनि कम्पनीले ठूलो मेहनत गर्छ र त्यसमा सफलता पाउँछ भने पक्कै पनि उ सँगै धेरै सपना जोडिएका हुन्छन् । त्यस्तो सपनालाई बिपनामा ल्याएर साकार पार्ने कुनै पनि कम्पनीको चर्चा गर्ने नगर्ने भन्दा पनि उसको वास्तविक महत्व जो कोहीले थाहाँ पाउँनु पर्छ ।
आजको दिनमा नेपाली बीमा बजारमा जीवन बीमा लक्षित धेरै वटा नाराहरु समेत नेपाल लाइफले ल्याइसकेको अवस्था छ । त्यस्ता जनचेतनाका नाराहरु ल्याएर कम्पनीले नागरिकका जोखिमलाई दैनिक बीमासँगै जोडिरहेको अवस्था छ ।
आज नेपाल लाइफको धेरै चर्चा हुनुको पछाडी उसका सबल वित्तीय इन्डीकेटरलाई नै मान्न सकिन्छ ।