

सिद्धार्थ बैंकको ‘एसबिएल डिबेन्चर २०९१’ आउँदै




काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ‘एसबिएल डिबेन्चर २०९१’ ल्याउने भएको छ । उसले असार २९ गतेको मिति तोकेर १० वर्षे अवधि तथा वार्षिक ७।२५ प्रतिशत ब्याजदर भएको सार्वजनिक निष्कासनमा ल्याउने भएको हो।
सोही बैंकले प्रति डिबेन्चर १ हजार रुपैयाँका दरले जम्मा २५ लाख कित्ता डिबेन्चर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको जनाएको बेलामा तीमध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री हुनेछ भने अन्य बाँकी रहेको १० लाख कित्ता डिबेन्चरमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ९ लाख ५० हजार कित्ता डिबेन्चर सर्वसाधारणलाई निष्कासन गरिनेछ ।
कम्पनीाक अनुसार आवेदन दिँदा २५ कित्ताका लागि र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने र सो निष्कासन बन्द छिटोमा असार ३२ गते गरिने छ ।