

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर जारी गर्ने




काठमाडौं । मर्जरमा नगएको एक निर्जीवन बीमक, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन ६ गतेदेखि ३४.७८३ प्रतिशत हकप्रद सेयर जारी गर्ने जनाएको छ।
उसले प्रतिकित्ता १०० रुपैयाँ फेस भ्यालूमा ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर १० बराबर ३.४७८३ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको जनाइएको हो।
सोही हकप्रद निष्कासनका लागि कम्पनीले गत जेठ ३० गते नै बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यस कम्पनीको शेयर खरीद गरेका शेयरधनीले मात्रै आवेदन दिन सकिने बेलामा आवेदनका लागि अन्तिम मिति साउन २६ गते तोकिएको छ।
एनआइएमबि एस क्यापिटलको लाजिम्पाटस्थित केन्द्रीय कार्यालय सहित पोखराको चिप्लेढुङगा, बुटवलको ट्राफिकचोक, वीरगंजको आदर्शनगर र विराटनगरको गोल्छाचोकमा रहेको शाखा कार्यालयका साथै बोर्डबाट स्वीकृति पाएको सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर प्रयोग गरी अनलाइन बाट पनि आवेदन दिन मिल्ने प्रावधान राखिएको छ ।
साथै, सोही कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउनका लागि हकप्रद शेयर निष्कासन गर्न गर्नेछ भने कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँबाट सोही हकप्रद बितरणसँगै २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार रुपैयाँ कायम हुनेछ ।