

गार्डियन माइक्रो लाइफको बाल समृद्ध लघु बीमायोजना,अभिभावकको अप्रत्याशित निधन हुँदा बच्चालाई लाभ मिल्ने




काठमाडौं । लघु जीवन बीमक माझ आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल कम्पनी हो, गार्डियन माइक्रो लाइफ । सोही माइक्रो लाइफले बाल समृद्ध लघु बीमा योजनाको सुरुवात गरेको हो ।
हाल कम्पनीले ल्याएको बाल बीमामा केही विशेष सुविधाहरु समेत समावेश भएका छन् । सो बीमा योजनामा प्रस्तावकको न्यूनतम उमेर २० वर्ष तोकिएको छ भने अधिकतम उमेर ५५ वर्ष तोकिएको छ । सोही बीमा योजनामा न्युन आय वर्ग लाई मध्यनजर गर्दै बीमांक सिमा न्यूनतम १० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म रहेको छ ।
त्यस्तै, बीमित बालबालिकाको प्रवेश उमेर जन्मेको ३० दिनदेखी अधिकतम १५ वर्षसम्म रहेको छ । तेसैगरी अधिकतम परिपक्क उमेर भने प्रस्तावकको हकमा ७० वर्षसम्म तोकिएको छ भने बीमित बालबालिकाको २५ वर्ष राखिएको छ । यस्ता छन् सो योजनाका विविध लाभहरु बीमालेखको अवधि समाप्तीमा सुनिश्चित प्रतिफल सहित परिपक्व भुक्तानी हुने व्यवस्था छ । सोही योजनामा बीमालेख चालु रहेको अवस्थामा जोखिम बहन गर्नु अगावै बीमित बालबालिकाको मुत्यु भएमा बीमालेख अन्तर्गत भुक्तानी गरेको बीमाशुल्क त्यसमा अतिरिक्त सुविधा बापतको बीमाशुल्क बाहेकको भुक्तानी गरिने र बीमालेख स्वत खारेज हुने व्यवस्था छ । कम्पनीका अनुसार बीमालेख चालु रहेको अवस्थामा जोखिम बहन गरे पश्चात बीमित बालबालिकाको मुत्यु भएमा बीमालेख अन्तर्गत भुक्तानी गरेको बीमाशुल्क जसमा अतिरिक्त सुविधा बापतको बीमाशुल्क बाहेक वा मुल बीमांक रकमको २५ प्रतिशत मध्ये जुन रकम बढी हुन्छ सो रकम र आर्जित सुनिश्चित प्रतिफल भुक्तानी दिइने र बीमालेख स्वत खारेज हुने जनाइएको छ ।
त्यसरी नै बीमालेख चालु रहेको अवस्थामा नै प्रस्तावकको मुत्यु भएमा बाँकी अवधिको बीमासुल्क भुक्तानी छुट गरिने र प्रस्तावकको मुत्यु भएको मिती पश्चात बाँकी अधिका लागि प्रत्येक महिना मुल बीमांकको १.५ प्रतिशतका दरले बीमालेखको वार्षिकोत्सव मिती बीमालेख जारी भएको मितीदेखी बाँकी बीमा अवधि सम्म मासिक सुविधा रकम भुक्तानी गरिनेछ । बीमालेख चालु रहेको अवस्थामा प्रस्तावकको मुत्यु पश्चात बीमित बालबालिकाको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही भुक्तानी दिने रकम प्रदान गरि स्वत बीमालेख खारेज हुने लगायतको व्यवस्था गरिएको छ । यता, बीमालेख चालु रहेको अवस्थामा प्रस्तावक र बालकालिका समेतको मृत्यु भएको हकमा भने बीमालेखको शर्तको अधिनमा रही बीमांकको शत प्रतिशत रकम प्रदान हुनेछ भने इच्छाइएको वा कानुनी हकवालालाई रकम बुझाएर बीमालेख समाप्ती हुनेछ ।
सोही बीमा योजनाको रक्षावरण प्रारम्भ मिती भने प्रस्तावकको हकमा बीमालेख प्रारम्भमा तथा बालबालिकाको हकमा बीमा प्रारम्भ भएको मितिले २ वर्ष वा बीमित बालबालिकाको उमेर ६ वर्ष पूरा भएको मध्ये जुन अघि आउँछ सोहीअनुसार हुने जनाइएको छ । उक्त बीमा योजनामा मासिक आय सुविधादेखि बीमाशुल्क छुट सुविधा समेत रहेको छ । प्रस्तावकको उमेर ७० वर्ष पुगे पश्चात उपरोक्त कारार सुविधा स्वत रद्ध हुने र बाबालिकाको बीमालेख भने सुचारु हुने बताइएको छ । ऐच्छिक पुरक करार सुविधा प्रस्ताबकको हकमा दुर्घटना मुत्यु लाभ, दुर्घटना उपचार लाभ, दुर्घटनाको कारणबाट अशंक्त वा अंगभंगको करार सुविधा रहेका छन् ।
साथै, गार्डियन माइक्रो लाइफले अन्य सुविधाको रुपमा पूरा तीन वर्षको बीमाशुल्क भुक्तानी गरी ३ वर्ष पूरा भएको अवस्थामा समर्पण मूल्य गणना हुने तथा ऋण सुविधा लिन सकिने कम्पनीले जानकारी दिएको छ ।