

आदर मल्टीइन्भेष्टमेन्टले थप्यो हकप्रद आवेदनको म्याद




काठमाडौं । आदर मल्टीइन्भेष्टमेन्ट कम्पनीको हदप्रद सेयरमा आवेदन दिने अवधि थपिएको छ । सोही कम्पनीले जेठ ९ गतेबाट असार १३ गतेसम्म हकप्रदको आवेदन समय राखेकोमा अब सो समय बढाइएको हो ।
कम्पनीाक अनुसार सो सेयरमा एप्लाई गर्न साउन १५ गतेसम्म अबधि बढाइएको छ भने हाल कायम चुक्ता पुँजीको २० प्रतिशत भन्नाले ५ः१ अनुपातमा १०० अंकित दरका २५ लाख कित्ता हकप्रद जारी भइरहेको छ ।
सोही प्रयोजनका लागि सानिमा बैंकको कम्पनीको खाता प्रयोग भइरहेको पनि जनाइएको हो ।