

आज असार १५, दही चिउरा खाने र धान दिवस मनाउने पर्व




काठमाडौं । नेपाली हिन्दु परम्परा अनुसार असार १५ लाई विशेष दिन मानिन्छ । यस्तो दिनमा दही चिउरा खाने तथा रोपाई गर्दै धान दिवस मनाउने चलन छ ।
विगतमा रोपाईमा रहेका किसानहरुले खुशीयाली साट्दै हिलोमा समेत रमाउँदै काम गर्ने दिनका रुपमा रोपाई जात्रा समेत मनाउने गरिएको छ ।
किन खाने दही चिउरा ?
दही र चिउराको नियमित सेवनले पाचन प्रणालीमा सुधार ल्याउँछ। दहीमा पाइने प्रोबायोटिक्सले पेटमा भएका खराब ब्याक्टेरियालाई नष्ट गर्छ र पाचनलाई सहज बनाउने भएकाले पनि यसको सेवन राम्रो मानिन्छ।
त्यस्तै, चिउरामा फाइबरको मात्रा उच्च हुन्छ जसले कब्जियत हुनबाट बचाउँछ भने दहीमा क्याल्सियम र भिटामिन डी पाइन्छ, जसले हड्डी र दाँतलाई बलियो बनाउन मद्धत गर्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। दहीमा पाइने पोषक तत्वले शरीरलाई विभिन्न संक्रमणबाट बचाउँछ।
साथै, दही र चिउराले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्छ। यसले रक्तचापलाई नियन्त्रणमा राख्छ। दहीमा पोटासियमको मात्रा उच्च हुन्छ, जसले रक्तचापलाई सन्तुलनमा राख्छ। यसले मुटुलाई स्वस्थ राख्छ।