

एलआईसी इण्डीयाको त्यो न्यू जीवन शान्ती बीमापोलिसी : बीमितको सरुवादेखि ऐनसम्म जोडिने




काठमाडौं । नेपालमा एउटै समस्याको बारबार चर्चा हुने गरेको छ । त्यस्तो समस्या भनेको बीमालेखलाई थप परिमार्जन गर्दै बीमितले बुझ्ने सरल भाषामा बनाउनु पर्छ भन्ने हो ।
कतिपय बीमा पोलिसीहरु सहज नबनाइएका त होइनन् तर बीमाकै बारेमा जानकारी न्यून रहेका बीमितहरुलाई अझै पनि नेपाली बीमा कम्पनीहरुको बीमालेख पढ्न, बुझ्न हाउगुजी नै छ ।
ठीक यही बेलामा छिमेकी राष्ट्र भारतको एलआईसी निगम भारतले भने केही गज्जबको पोलिसी संचालन गरि रहेको पाइएको छ । यस्तो अवस्थामा उनीहरुले बीमितकै सहजताका लागि चलाएका केही रणनीति नेपालमा समेत लागू गर्न सके बीमितलाई नै लाभ मिल्ने देखिन्छ ।
बसाई सराईको रिर्पोट माग
नेपालमा संचालित कतिपय भारतीय कम्पनीहरुले समेत भारतमा बीमालाई हर्ने दृष्टिकोण सबल बन्नुमा उनीहरुको कार्यशैली, रणनीति नै मुख्य कुरा हुने सुनाउँने गरेका छन् । यस्तो बेलामा छोटो र बुझ्ने बीमालेख नै अहिलेको अपरिहार्यता बनेको छ । यद्यपी एउटा एजेण्टले निकै पटक फकाएको अवस्थमा मात्र बीमालेख खरिद हुने अधिकांश नेपाली समाजमा बीमा कम्पनीका सरल र विश्वनिय वेभ साइटको समेत खाँचो रहेको छ ।
अहिले भारतीय जीवन बीमा कम्पनी एलआईसी भारतको एक जीवन बीमा पोलिसीको फम्र्याटमा क्लिक गर्ने हो भने त्यहाँ उनीहरुले बीमितको रेसिडेन्टल अवस्थाको माग गरेका छन् ।
बीमालेखमा नै ऐन खुलाईएको
बीमालेखहरु बीमा ऐन अनुसार र नियामकीय प्रावधानहरु नै संचालित हुन्छ्न । भनाईको मतलब तपाई, हामीलाई बीमा कम्पनीले पैसा दिन आनाकानी गरेमा उनीहरुलाई समेत कानुन लाग्छ, दफा बोल्छ । त्यस्तो दफाको बारेमा जानकार हुनेहरुले आफूलाई आवश्यक रहेको बीमा मात्रै खरिद गर्छन् । अर्को कुरा भनेको बीमा कम्पनीले नियामक निकायको आँखा त छल्न सक्लान् तर उनीहरुले कालान्तरमा कानुनी दफा भने छल्न सक्दैनन् ।
हाल भारतमा रहेको जीवन बीमा कम्पनीले पनि कुन दफा बोलेको छ भन्ने कुरा बीमालेखमा समावेश गर्नुले बीमा साक्षरता मात्र नभई नागरिकलाई बीमाप्रति विश्वास माथि विश्वासको वाताबरण समेत सिर्जना गरेको यसका जानकारहरु सुनाउछन् ।
वेभ साइटमा स्पष्टता
वेभ साइटमा स्पष्टा हुने कम्पनीहरुले नै ठूलो सेल गर्ने, धेरै बीमितको विश्वास जित्ने भारतीय एवम् ठूला, सफल बीमा कम्पनीहरु विश्वास गर्छन् । तर, नेपालमा भने ठूलो कम्पनीका वेभ साइट र साना कम्पनीको वेभ साइटमै केही भिन्नता छ । यसको मतलब वेभ साइटमा स्पष्टता ल्याउन र बीमितलाई कम्पनी भन्दा पनि वेभ साइट धाएर बीमा गर्ने वाताबरण सिर्जना गर्न नेपाली बीमा कम्पनीरुले समेत बजार सुहाउँदो नयाँ रणनीतिहरु ल्याउँनु पर्ने देखिएको छ ।
नेपालमा समेत वेभ साइट सम्बन्धि नियामकीय प्रावधान रहेको नेपाल बीमा प्राधिकरणका केही रिटायर्ड उच्च पदस्थ कर्मचारीहरुले बताएका छन् । केही हदसम्म वेभ साइट सबल बने पनि त्यसमा केही परिमार्जनको ठाउँ अझै रहेको उनीहरुले सुनाएका छन् । पुराना तथा ठूला बीमा कम्पनीको वेभ साइटकै विषयमा उनीहरुले त्यस्तो प्रश्न उठाएका हुन् ।