

बीमा कम्पनीले दाबी भुक्तानी दिएनन् भने के गर्ने ?




काठमाडौं । बीमा गर्नुको एक मात्र उदेश्य भनेको परेको बेलामा बीमा कम्पनीहरुबाट दाबी भुक्तानी लिनु भन्ने हो । तर, केही बीमितले समयमा कतिपय बीमा कम्पनीबाट भुक्तानी नपाएको गुनासो गर्ने गर्छन् । यद्यपी त्यस्तो गुनासाहरु केही बीमाका जोखिम एवम् जटिल प्रकृतीमा पनि भर पर्ने देखिन्छ भने कतिय बेला यो नियतबस हो कि ? जस्तो पनि बुझिन्छ ।
ठीक यही समयमा एउटा बीमितले आफ्नो भुक्तानी नपाएमा के कस्ता विधि अपनाउन सक्छन् भन्ने बारेमा हामीले छोटो चर्चा गरेका छौ ।
सबैभन्दा पहिला बीमितले आफूले कुन बीमा गरेको हो र त्यसको भुक्तानी कस्तो अवस्थामा पाइन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
अर्को कुरा भनेको बीमितले भुक्तानी नपाउँदा सिधैं सम्बन्धित कम्पनी समक्ष आफ्नो कुरा राख्न पाउछन् ।
अब बीमा कम्पनीहरुबाट पनि भुक्तानी पाउँने छाँटाकाँट देखिएन वा अझै असन्तुष्टि रहेमा नेपाल बीमा प्राधिरकणमा उजूरी गर्न मिल्ने व्यवस्था छ ।
नेपाल बीमा प्राधिकरण बीमा क्षेत्रको नियामक निकाय हो । त्यस्तो निकाय सरकारी स्वामत्विमा स्थापित भएकाले नागरिकहरुको समस्यामा उसले कुनै पनिको पक्षमा नभई सत्य, तथ्य र आम नागरिकको पक्षमा फैसाला गर्नु पर्ने हुन्छ ।
अब बीमा प्राधिकरण आफैमा एउटा अर्धन्यायीक अदालत पनि हो । भनाईको मतबल उसले समेत आफै वकिल राखेर बहस, फैसला चलाउने गर्छ । कारण, बीमा प्राधिकरणको पनि उदेश्य बीमा बजारमा उत्पन्न समस्या समाधान होस् भन्ने हो ।
अब नेपाल बीमा प्राधिकरणको पनि निर्णय कतै सत्यता तिर ढल्केको होइन कि जस्तो शंका बाँकी रहेमा बीमितले अदालतमा मुद्धा हाल्न पाउने व्यवस्था छ । यद्यपी हालसम्म स-साना रकमका लागि भने त्यसरी अदालतसम्म नगन्य व्यक्तीहरु मात्रै दौडधुप गरेको पाइन्छ । त्यसमा अदालतका प्रक्रिया नै केही लामा हुने र बीमितले सानो रकमका लागि कम्पनी विरुद्ध कदम चाल्ने खासै शाहस वा इच्छ्या जाहेर गरेको अवस्था छैन ।
सानो भुक्तानी र ठूलो भुक्तानी नपाउदा बीमितको केही फरक व्यवहार
हालसम्म सानो भुक्तानीको लागि बीमा कम्पनीको ग्राहक सेवा विभागमा सम्पर्क गर्न मिल्ने सुविधा रहेको छ । यस्तो अवस्थाका कतिपय कुराहरु फोनबाटै समाधान हुने गरेका छन् ।त्यस्तो बेलामा पनि फोनबाट पनि गुनासो दर्ता गर्न सकिने बीमा कम्पनीहरु बताउँछन् ।
फेरी यता ठूलो भुक्तानीको लागि, बीमितले नेपाल बीमा प्राधिकरणमा औपचारिक उजुरी दर्ता गर्ने गरेका छन् । त्यसले पनि काम गरेन भने, बीमितले अदालतमा मुद्दा दायर गर्ने गरेको पाएइको छ ।
नेपाल बीमा प्राधिकरणमा उजूरी माथि उजूरी थपिएको बेलामा कतिपय नयाँ बीमाकर्मीहरु त्यसलाई सल्टाउन भन्दा पनि हाम्रो कम्पनीमा त्यस्तो छैन, हामीले दाबी भुक्तानी नदिने कुनै कारण नै छैन भन्नेमा मस्त देखिन्छन् । तर, वास्तविक समस्याहरु बाहिर ल्याउँन सके कतिपय दावी भुक्तानीको सुरस्ततालाई तिव्र गति दिन समेत वर्तमान ऐन, प्रणाली र पद्धती नै पर्याप्त देखिन्छ । किनकी यही बेलामा मानिहरुले अर्बौका बीमा पनि गरि रहेका छन् भने बीमा कम्पनीहरुले पनि अर्बौ रुपैयाँ भुक्तानी गरि रहेकै छन् ।
अब बाँकी बीमित असन्तुष्ट भएको केसमा र बीमा कम्पनीले पनि गल्ती सुर्धानु पर्ने ठाउँमा सबै ठीक छ हामी ठिक छौं भन्ने ढाकँछोप मात्रको चाही पक्कै अत्य गर्नु पर्ने देखिन्छ । यसमा नै बीमा बजारको समृद्धि सम्भव छ भन्दा फरक नपर्ला ।