

नबिल बैंकले ऋणपत्र निष्काशन गर्दै




काठमाडौं । नयाँ जोखिममा हात हाल्दै आएको नबिल बैंकले यस पटक ऋणपत्र जारी गर्ने भएको छ । सोही प्रयोजनका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति समेत लिइसकेको जनाइएको हो।
सो अनुमतिसँगै नबिल बैंकले ८ वर्ष अवधिको ‘७ प्रतिशत नबिन डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्कासन गर्नेछ भने उक्त ऋणपत्रमा लगानी गर्दा वार्षिक ७ प्रतिशत ब्याजदर हात पर्ने प्रावधान छ।
सोबोनका अनुसार अब बैंकले कुल ३० लाख एकाइ ऋणपत्र निष्कासन गर्ने छ भने त्यसमा जसमा १८ लाख एकाइ व्यक्तिगत तवर र १२ लाख एकाइ सार्वजनिक निष्काशन गर्न मिल्नेछ।
सो ऋणपत्रको प्रति एकाइ मूल्य हजार रुपैयाँ रहेको बेलामा क्रेडिट रेटिङ संस्थाले इक्राएनपी–आईआर एप्लस रेटिङ दिएको र बैंकको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड तोकिएको अवस्था छ ।