
नेशनल लाइफले पायो ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स’ अवार्ड



काठमाडौं । पुरानो तथा ठूलो निर्जीवन बीमकको रुपमा नेपाली बीमा बजारमा छुट्टै विरासत बोकेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी २०२५’ बाट सम्मानित हुन पुगेको छ। उसलाई न्यू बिजनेश एज लिमिटेडको आयोजनामा काठमाडौंमा भइरहेको नवौं संस्करणको ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’ मा सो सम्मान प्रदान भएको हो ।
यता, पुरस्कार ग्रहण गर्न नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुमख कार्यकारी अधिकृत सीईओ सुरेश खत्री उपस्थित भएको अवस्था छ । सोही कम्पनीको अध्यक्षमा प्रेमा राज्यलक्ष्मी सिंहले समेत केही दिन अघि नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा समक्ष पद तथा गोपनियताको सपथ लिएकी थिइन।
धेरै जना बीमितहरुको जोखिम लिएर नागरिकलाई जीवन बीमामा समावेश गरेका कारण कम्पनीको योग्यताको बारेमा बेला बेला ठूलो चर्चा हुने गरेको छ ।


