

घट्यो नेप्से परिसूचक




काठमाडौं । सातामा सेयर कारोबारको अन्तिम दिन नप्से परिसूचक २५९५.७४ विन्दुमा पुगेको हो ।
बिहीबार नेप्सेमा ७ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ । यस्तो कारोबार हिजो बुधबार भने ५ अर्ब ९४ करोड रुपैयाँमा सिमित थियो।
यता, आज विकास बैंक, हाइड्रो पावर, माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूहको उपसूचकमा वृद्धि भएको बलामा अन्य सूचकहरुमा गिरावट आएको हो।
आज जम्मा ९३ कम्पनीको शेयर मूल्य बढ्दा १५५ कम्पनीको घटेको छ ।
बिहीबार, ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९.१८ प्रतिशत बढेको बेलामा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९ प्रतिशत बढेको अवस्था छ ।