

माच्छापूछ्रे बैंकका सीईओ कोईराला मन्त्रीस्तरीय निर्णयबाट बने वैकल्पिक उर्जा विकास समितिको सदस्य




काठमाडौं । नेपाल सरकार उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय (मन्त्री स्तरीय निर्णय ) अनुसार वैकल्पिक उर्जा विकास समिति सदस्यमा माच्छापूच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला मनोनित भएमा छन् । उनै कोइराला नेपाल बैंकर्स संघको अध्यक्ष समेत हुन् ।
हाल कोइरालाको सफल कार्यकालको लागि समेत शुभेच्छा प्रकट गर्नेहरुको ओइरो लागेको अवस्था छ । शालिन तथा मृदुभाषी उनै कोइराला सरल जीवनयापन गर्न रुचाउँने एवम् सरल व्यक्तीत्वबाट अरुको मनमा छाप छोड्न समेत पटक-पटक सफल भएका उनलाई नजिकबाट नियाल्नेहरुले बताएका छन् ।