

डेपुटी गभर्नर मिश्रलाई कामुको जिम्मेवारी




काठमाडौं । बमबहादुर मिश्रलाई कामु कायममुकायम गभर्नरको जिम्मेवारी दिइएको छ । उनलाई डा. विश्वनाथ पौडेल स्विजरल्याण्डको कार्यक्रमममा सवारी हुने तालिका तोकिएसँगै सो जिम्मेवारी दिइएको हो ।
हाल मिश्र डेपुटी गभर्नरको जिम्मेवारीमा छन् । ठीक यही समयमा डेपुटी गभर्नर निलम ढुंगाना समेत बंगलादेश भ्रमणमा रहेको र गभर्नर डा. पौडेल भने बैंक फर इन्टरनेशनल सेटलमेन्ट कार्यक्रमका लागि प्रस्थान गरेको बुझिएको छ ।