

मोदी इनर्जी लिमिटेडको हकप्रद सुरक्षित गर्न आज अन्तिम म्याद




काठमाडौं । मोदी इनर्जी लिमिटेडले निष्काशन गरको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (असार ११ गते) अन्तिम म्याद रहेको छ ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि असार १२ गते बुक क्लोज गर्नेछ । त्यसैले आजसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।
कम्पनीको विशेष साधारणसभा असार १९ रानीमहल ब्याङ्क्वेट, ज्ञानेश्वरमा बिहान ११ बजेदेखि बस्ने गरी बोलाएको छ ।
सभाले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपियाँको १ः १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।