

मनकारी सन नेपाल लाइफ, बाढ्यो मातृ स्वास्थ्य सेवालाई ह्वीलचेयर र म्याट्रेस




काठमाडौँ । एक सबल जीवन बीमा कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखाले मातृ स्वास्थ्य सेवा प्रवर्धनमा योगदान पुर्याउने उद्देश्यले सामग्री वितरण गरेको छ। कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सो सुविधा प्रदान गरिएको हो ।
यता, जीवन बीमा कम्पनीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बेलीस्थित सहरी स्वास्थ्य प्रवर्धन केन्द्र बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलाहरूको सुविधाका लागि ह्वीलचेयर र म्याट्रेस हस्तान्तरण गरेको जनाएको छ।
सोही सामग्री वितरण कार्यक्रम धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोतिराम राना र सहरी स्वास्थ्य केन्द्र प्रमुख जयकला रावललाई कम्पनीका प्रदेश प्रमुख लक्ष्मीकान्त जैसी र शाखा प्रमुख योगेन्द्रविक्रम अधिकारीले संयुक्त रूपमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको हो।