

चैत मसान्तसम्मको दाबी भुक्तानी लिन बीमितलाई अनुरोध




काठमाडौं । एनइलजी इन्स्योरेन्सले बीमितहरुलाई चैत मसान्तसम्मको दाबी भुक्तानी लिन अनुरोध गरेको हो । कम्पनीले एक सूचना जारी गर्दै सो अुनरोध गरेको हो ।
सोही अवधि परेको दाबी निवेदनमा अझै पनि केहीको कागजात नपुगेको अथवा बीमित सम्पर्कमा नआएको कारण दाबी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको अवस्था छ।
साथै, बीमितलाई कम्पनीले यथाशीघ्र सम्पर्कमा आई अपुग कागजात पेश गरेर दाबी भुक्तानी लिन आग्रह गरेको छ। सम्पर्कमा नआएको खण्डमा सम्बन्धित बीमितको दाबी फाइल नै बन्द गरिने कम्पनीले जनाएको हो। दाबी भुक्तानी लिन बाँकी बीमितको विवरण वेबसाइटमा पनि प्रकाशित गरिएको कम्पनीले जनाएको छ।