

अब एनएलजी इन्स्योरेन्सले युएनडिपीसँग सहकार्य गरेर बीमा मैत्री कार्यक्रम गर्ने




काठमाडौं । निर्जीवन बीमा क्षेत्रको एक सबल कम्पनी एनएलजी इन्स्योरेन्सले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीसँग सहकार्य गर्ने भएको छ । सोही सहकार्यमा समावेशी बीमा कार्यक्रम आयो हुन हुनेछ।
बीमा दर्पणलाई जानकारी दिँदै एनएलजीका एक कर्मचारीले भने इन्क्लुसिभ इन्स्योरेन्स इन्नोभेशन च्यालेन्ज आईआईसी अन्तर्गत एनएलजी इन्स्योरेन्स समावेशी बीमा कार्यक्रम गर्नेछ भने त्यसमा युएनडिपीले सञ्चालन गर्न लागेको समावेशी बीमा कार्यक्रमका लागि नविनतम् बीमा पोलिसी बनाउने सम्बन्धी प्रतिस्पर्धा गरेको थियो ।
सो कर्मचारीले सोही प्रतिस्पर्धामा नेपालका १४ वटै बीमा कम्पनीहरु सहभागी रहेको अन्य १३ वटा कम्पनीलाई पछाडि पार्दै एनएलजी इन्स्योरेन्स कम्पनीले उक्त कार्यक्रम हात पार्न सफल भएको जनाएका हुन्।
यता, त्यस्तो महत्वपूर्ण कार्य अघि बढाउन एनएलजी इन्स्योरेन्सले सोमबार युएनडिपीसँग समावेशी बीमा सेवाका लागि नविन बीमा पोलिसी सम्बन्धी द्धिपक्षीय सम्झौता गरिएको बताइएको छ ।
अब एनएलजी इन्स्योरेन्स कम्पनीले २० हजार अमेरिकी डलरको आर्थिक सहयोग प्याकेज पाउने भएको बेलामा सो रकम विपन्न नागरिकहरुको बीमामा समेटीने जनाइएको छ ।
साथै, एनएलजी इन्स्योरेन्स कम्पनीका सीईओ सुनिल बल्लभ पन्तले राष्ट्र संघीय अन्तर्राष्ट्रिय दातृ निकायसँगको सहकार्यले कम्पनीको कार्यक्षमताको बृद्धि र गरिब जनताले बीमा सेवा पाउने गरी काम गर्ने अवसर पाउनु निकै राम्रो कुरा भएको सुनाए।