

नेपाल इन्स्योरेन्स बसेको भवनमा आगलागी, गोल्छा समूहको हामा स्टिलमा क्षती




काठमाडौं । कमलादीस्थित बालकृष्ठ श्रेष्ठको कर्मसियल भवनमा आगलागी भएको छ । उनी हामा समूहका अध्यक्ष हुन भने नेपाल बैक र एसबीआई बैंकका समेत उनी डाईरेक्टर भइसकेको बुझीएको छ ।
उनै श्रेष्ठको घरमा आठौं तल्लामा संचालित गोल्छा अर्गनाईजेसनको हामा स्टिल कार्यालयमाआज बिहान आगलागी भएको हो । उक्त आगलागी भएको सोही भवनमा नेपाल इन्स्योरेन्सको प्रधान कार्यलय रहेको छ । तर, इन्स्योरेन्स कम्पनीमा भने खासै क्षती पुगेको छैन ।
आगलागी निभाउन दमकलको मद्धत लिइएको थियो ।