

सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेसका नेता गणेश लामाले पाए सफाइ




काठमाडौं । सम्पत्ति शुद्धिकरणको आरोप लागेका कांग्रेस नेता गणेश लामालाई अदालतले सफाइ दिएको छ। उनलाई विशेष अदालतको फैसला उल्टाएर सर्वोच्च अदालतले सफाइ प्रदान गरेको हो ।
यता, विशेष अदालतले १ करोड ४० लाख विगो एवम् एक वर्ष कैद सजाय तोके पनि सर्वोच्च अदालतले त्यसमा दावी पूरा भएको ठहर गरेको हो । सोही फैसालासँगै नेता लामालाई सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी तथा अव्दुल अजीज मुसलमानको इजलाशले त्यस्तो निर्णय सुनाएको हो ।