

लास जलाउने मेसिनमा समेत १० करोडको भ्रष्टाचार,सदस्यसचिवसहित १४ जनालाई अख्तियारले चलायो मुद्दा




काठमाडौं । पशुपतिमा मरेका व्यक्तीको लास जलाउने उपकारण विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान गर्दा समेत भ्रष्टाचार गरिएको आशंका गरिएको छ । त्यस्तो मेसिनमा रकम हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर चलाउन सुरु गरेको हो।
सो मेसिनमा १४ व्यक्ति तथा दुई कम्पनी गरी १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना गरेको आशंकामा विशेष अदालतमा मुद्दा दायर चलाइएको छ।
सोही शवदाह गृहको मेसिन खरिद गर्ने क्रममा एवम् जडान गर्दा भ्रष्टाचार भएपछि पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १४ जना रहेका छन्।
पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्याएर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बेलामा थापासहित १४ व्यक्ति तथा दुई कम्पनी विरुद्ध मुद्दा दायर भएको जनाइएको छ।