

विगतदेखी अवार्ड थाप्न खप्पिस रहेको कम्पनीको चर्चा बटुल्ने हिमालयन एभरेष्ट : नयाँ सीईओ श्रेष्ठ समेत सम्मानित




काठमाडौं । विगतमा किनुवा पुरस्कार थापेको चर्चा कमाएसँगै पत्रकार सम्मेलन नै गरेर हामीले पुरस्कार किनेको होइन, बरु एप्लाई शुल्क चाही बुझाएको हो भन्ने त्यही कम्पनी हो हिमालयन एभरेस्ट इन्स्योरेन्स । तर, अहिले उक्त अवार्ड पाएका अधिकांश (एजुकेटीभ टीम) कार्यकारी समूह कम्पनीबाट बाहिरीएका छन् ।
ठिक यस्तै बेला सोही कम्पनीकी नयाँ सीईओले भने सुटुक्क पुरस्कार लिएसँगै त्यसको सकारात्मक चर्चा सुरु भएको छ । विषय हो हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओ पुरस्किृत भएको ।
हाल कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई महिला ट्याब्लोइड पुरस्कार २०२५ बाट सम्मानित गरिएको अवस्था छ । उक्त पुरस्कारले उनको रणनीतिक नेतृत्व र नेपालको बीमा उद्योगमा योगदानलाई मान्यता दिने बताइएको बेलामा श्रेष्ठले ‘रणनीतिक नेतृत्वमा उत्कृष्ट महिला सीईओ’ श्रेणीमा पुरस्कार हात पारेका हुन्।
यससँगै अवार्डमा अलि बढी सौखीन देखिने हिमालयन एभरेष्टको एक उच्च कर्मचारीले यो पटक भने साच्चैको पुरस्कार पाएको बुझिएको छ ।