

मन्जुश्री फाइनान्स लिमिटेडले डिजिटल सेवालाई अझै उत्कृष्ट बनाउने




काठमाडौ । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो डिजिटल सेवालाई अझै उत्कृष्ट बनाउने तथा आफ्ना ग्राहकलाई दिईरहेको सेवालाई अझै प्रभावकारी बनाउने उद्धेश्यले Insta Fund Transfer मार्फत निशुल्क अन्तरबैंक रकमान्तरको सुबिधा ल्याएको छ | यो सुबिधा मन्जुश्रीको Mobile Banking App को मन्जुश्री स्मार्ट अन्तर्गत Insta Fund Transfer भुक्तानी विकल्पबाट, NPS मा आवद्ध बैंकमा रहेको खातामा रकम रकमान्तर गर्न सक्नेछन | ग्राहकवर्गको डिजिटल अनुभवलाई अझै उत्कृष्ट र सहज बनाउने उद्धेश्यले सो सेवालाई मन्जुश्रीले आफ्नो app मार्फत ग्राहकको माझ ल्याएको छ |
निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ . हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको यस फाइनान्स, फाइनान्सहरुको श्रेणीमा अग्रणी स्थानमा रहेको छ .