

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स दोस्रो वार्षिक साधारण सभा गर्न सफल




काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा दोस्रो सभा हो ।
यता, कम्पनी सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षता बसेको सभा कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा आज सम्पन्न सभामा
सञ्चालक समितिको तर्फबाट अध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्ताव उपर छलफल भई सर्वसम्मतिले पारित भएको बताइएको छ।
यता, सोही साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ अषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको अवस्था छ ।
त्यस्तै, सभाबाट आर्थिक वर्ष २०८१/०८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल भई पारित भएको छ भने वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष लगायत संचालकज्यूहरु, शेयरधनी, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको जनाइएको हो ।