

यस्तो छ विदेशी मुद्राको विनिमयदर




काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ भने युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा रहेको जनाइएको हो।
यता, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलरको खरीददर ८९.६० रुपैयाँ र बिक्रीदर ८९.९९ रुपैयाँ, क्यानेडियन डलरको खरीददर १०१.०३ रुपैयाँ र बिक्रीदर १०१.४७ रुपैयाँ, सिङ्गापुर डलरको खरीददर १०७.५१ रुपैयाँ र बिक्रीदर १०७.९८ रुपैयाँ, जापानी येन १० को खरीददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ, चिनियाँ युआनको खरीददर १९.२६ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ, साउदी अरेबियन रियालको खरीददर ३६.९० रुपैयाँ र बिक्रीदर ३७.०६ रुपैयाँ कायम भएको छ।
त्यसरी नै राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।