

यूनाइटेड अजोड इन्स्योरेन्सले लगानीकर्तालाई दोहोरो अंकको लाभांश दिने




काठमाडौं । नेपालका दुई बलिया घरानाको संयुक्त मर्जरबाट स्थापित कम्पनी यूनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले लगानीकर्ताहरुका लागि असार ४ गते बसेको सञ्चालक समितिको बैठकलेबाछ आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट प्रदान गरिने लाभांश प्रस्ताव गरेको हो।
सोही निर्णय अनुसार अब कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरेर कूल १०.५२६ प्रतिशत लाभांश दिने भएको हो।
कम्पनीको सो प्रस्ताव यता, नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आउने बार्षिक साधारण सभा सदर भएसँगै लगानीकर्ताहरुले हात पार्ने छन् ।