

मितेरी सहकारीमा करोडौं ठगेको भन्दै कम्बोडियामा समातिएका ज्योतिबहादुर भण्डारीको अनुसन्धान सुरु




काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीद्धारा मितेरी बचत तथा ऋण सहकारी संस्थाको करोडौं हिनामीनाको आरोप लागेका ज्योतिबहादुर भण्डारी अनुसन्धान सुरु गरेको छ । उनललाई कम्बोडियाबाट पक्राउ गरी थप खोजी जारी गरिएको हो।
यता, प्रहरी प्रधान कार्यालयबाट खटिइएको प्रहरीले टोलीले ४२ वर्षीय भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी बुधबार राति नेपाल ल्याएको थियो ।
त्यस्तै, सहकारीको १ सय ४४ जना बचतकर्ता र सञ्चालकसमेतको गरी १४ करोडबढी रकम ठगी गरेको मुद्दामा फरार तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत उनले उक्त रकम लिएर विदेशमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको छ । उनलाई पक्राउ गर्न प्रहरीले गत कात्तिक १३ गते ‘रेड नोटिस’ जारी गरेको थियो ।
मितेरी सहकारीका महाप्रबन्धक गुरुङले अपचलन गरेको करोडौँ रकम थाइल्याण्डमा बसोबास गर्ने भण्डारीले चलाएको र उनले सो रकम फिर्ता गराइदिने भनि सहकारीका पदाधिकारी र भण्डारीबीच सम्पर्क गराएको पाइएको प्रहरीले जनाएको छ ।
साथै, प्रतिवादी भण्डारीले कास्की र बर्दियाबाट दुई वटा बेग्लाबेग्लै नागरिकता लिएको र सोही आधारमा दुई वटा राहदानी पनि लिएको पाइएको छ । उनले अन्य व्यक्तिहरुको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरुको विवरण राखी कीर्ते गरेको नागरिकता र राहदानीलाई ठगी गर्न प्रयोग गरेको प्रहरीले जानकारी दिएको हो।