

भारतमा ३० वर्ष अनुभव भएका मात्र नियामकको अध्यक्ष हुने, जीआईसी रिका अध्यक्षले भेटे ओझा




काठमाडौं । भारतीय पूनर्बीमा कम्पनी जीआईसी रिका अध्यक्ष रामास्वामी नारायणन अहिले राधानी काठमाडौंमा छन्। उनले नेपाल प्राधिकणरणका अध्यक्ष सदर ओझालाई भेटेको तस्बिर सामाजिक संञ्जालमा देखिएको हो ।
अहिले नेपाली बीमा प्राधिकरण आएका उनले भारतीय नियामकको पनि चालचलन नजिकबाट नियाल्दै आएको बुझिएको छ । तीस वर्षको बीमा अनुभव भएका व्यक्ती मात्रै अध्यक्ष हुने एक देशबाट नेपालमा यूवा अध्यक्ष भेटेर रामास्वामीले के भने भन्ने विषय खुब चासोको विषय बनिरहेको छ ।
ठीक यही बेलामा उनले ओझसँग पुनर्बीमाकै विषयलाई मुख्य केन्द्रमा राखेर केही मौखिक सुझाव दिएको बुझिएको छ ।
हालसम्म नेपालले आफ्नो एक्चुरी भ्यालुयुसन गर्न भारतको भर पर्नु पर्ने, बीमा प्राधिकरण कम्पनीले एक एक पटक गरेर दोहोरो रुपमा बीमांकीय मूल्यांक गर्नु पर्ने, सोही प्रयोजनको लागि मोटो रकम नेपाल बाहिर पुग्ने अवस्था कायमै छ । सोही बीमांकीय मूल्यांकनमा हुने ढिलाईले जीवन बीमा कम्पनीहरुले साधारण सभा ढिला हुने, त्यसरी ढिला हुँदा लगानीकर्ताले पाउनु पर्ने बोनस पनि ६, महिना वर्षदिन ढिला गरेर हात पर्ने गरेको छ । त्यसमा पनि लगानीकर्ताले अकारण लामो समय धैर्य गर्नु पर्ने छ ।
मुख्य कुरा भनेको विदेशी भेटेर भन्दा पनि उनीहरुबाट केही साच्चैका ठोस उपायहरु लिएर नेपाली बीमा उद्योगमा लागू गर्नु पर्ने अवस्था कायमै छ । ठिक यस्तै बेलामा सुटुक्क विदेशी भेट्दा बीमितले के पाउँछन् भन्ने प्रश्न पनि मुख्य हुन जाने देखिन्छ ।
यद्यपी नेपालको बीमा क्षेत्रको ठूलो निकाय नेपाल बीमा प्राधिकरणका एक अध्यक्ष पदका व्यक्ती र बीमा क्षेत्रकै विदेशी पाहुना बिच सकारात्मक वार्ता भएको अनुमान गर्न सकिन्छ । सोही छलफलको एजेण्डा भने भेट अघि या पछि केही पनि सार्वजनिक गरिएको छैन ।