

एलआईसी नेपालले बोलाएको साधारण सभा असार ३० गते बस्ने : लगानीकर्तालाई दोहोरो अंकको लाभांश




काठमाडौं । भारत सरकारको समेत लगानी रहेको नेपालको पुरानो र स्थापित जीवन बीमा कम्पनी (लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल) एलआईसी नेपालले साधारण सभा बोलाएको छ । उसले बोलाएको साधारण सभा चालु महिनाको अन्तिममा (असार ३० गते) सोमबार बस्ने छ । उक्त सभा कम्पनीको २३औं वार्षिक साधारणसभा रहेको जनाइएको हो।
यता, हिजो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजेदेखि सभा बस्ने निर्णय गरेको बेलामा सोही सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) दिने भएको छ ।
सभाबाट गत आर्थिक वर्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदनदेखि लेखापरीक्षकको प्रतिवेदन एवम् लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक तोक्ने काम हुनेछ ।
साधारण सभामा सेयरधनीतर्फ समूह खबाट १ जना सञ्चालक निर्वाचन गर्ने र संस्थापक सेयरधनीको तर्फबाट नियुक्त गर्दै सभाबाट सदर भएपछि लगानीकर्ताहरुले लाभाश हात पार्न सक्ने व्यवस्था गरिएको छ । एलआईसी नेपालले असार १५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश लिन सक्षम हुने जानकारी दिएको छ ।