

आईएमई पे र खल्तीको मर्जरलाई राष्ट्र बैंकले दियो स्वीकृती




काठमाडौं । खल्ती र आईएमई पे को मर्जरका लागि नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । दुवै भुक्तानी सेवा प्रदायकलाई एक बनाउने सवालमा राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो ।
दुवै सेवा प्रदायकले बजारमा राम्रो नाम, व्यापार, सफलता पाएकै बेलामा पनि उनीहरुले जोडिने योजना ल्याएको बुझिएको छ । यस अघि पनि राष्ट्र बैंक आफैले बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई गाभ्ने गाभिने, प्राप्त गर्नेदेखि मर्जर एक्विजिसनमा सहजिकरण नै गर्दै आएको अवस्था छ ।
ठूला बैंक वित्तीय संस्था जोडिएकै लहरमा भुक्तानी सेवा प्रदायक समेत एक भएका हुन् । उनीहरुले यस्तो ऐतिहासिक कदम अघि सारेसँगै अब नामाकरण के हुने हो ? भन्ने पनि बजारमा कौतुहलता थियो ।
आजबाट आईएमई पे र खल्तीको मर्जरबाट स्थापित नयाँ कम्पनी आईएमई खल्ती लिमिटेड बनेको छ। लामो प्रतिक्षापछि सफल भएको मर्जरले आफ्नो आईएमई खल्ती लिमिटेडको कार्यालय कार्यालय राजधानीस्थित पानीपोखरीमा रहने जनाएको छ भने एपको नाम खल्ती हुने बताइएको छ ।
सोही मर्जरले अब कम्पनीलाई नयाँ रणनीति लिन तथा थप सबल बनाउँन मद्धत पुग्ने विश्वास समेत व्यक्त गरिएको छ ।