

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ‘नव रत्न’ बीमा योजना, यस्तो छ उक्त प्रोडक्ट




काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नव रत्न बीमा योजना लामो समयदेखि नेपाली बीमा बजारमा संचलान गरि रहेको छ । कम्पनीको सो बीमालेखको बारेमा उसको प्रधान कार्यलयदेखि अन्य विभिन्न स्थानमा समेत चर्चा हुने गरेको पाइएको छ । यसको साथै, कतिपय डिजिटल बोर्डदेखि फ्लेक्स बोर्डमा समेत सो योजना हाइलाइट गरिएको देखिन्छ ।
आज हामीले एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संचालन गरेको सो बीमा योजनाको बारेमा एक नजर लगाएका छौं ।
यस्तो छ नव रत्न बीमा योजना :
एशियन लाइफ इन्स्योरेन्स कम्पनीका ब्रान्च म्यानेजर सुनिकल कुमार पोखरेलले बीमा दर्पण डटकमसँग भने, ‘यो बीमा योजनामा धेरै किसिमका आकर्षक पक्षहरु छन् । सबैभन्दा मुख्य कुरा भनेको यसमा बीमितहरुले बीमाशुल्क प्रिमियम तिर्दा कुनै झन्झट छैन । यसमा एकै सबै बीमाशुल्क बुझाउँनेदेखि पटक पटक गरेर बीमाशुल्क बुझाउँने सुविधा उपलब्ध छन् ।’
उनै एशियन लाइफ इन्स्योरेन्सका ब्रान्च म्यानेजर पोखरेलले थपे, ‘बीमाशुल्क भुक्तानीको अवधि समेत विभिन्न ६ किसिमको रहेको र त्यसमा एकलदेखि विभिन्न अप्सनका आधारमा शुल्क बुझाउँन मिल्ने सुविधा पनि छ ।’
प्रवेश उमेर
एशियन लाइफको सो बीमा योजनामा प्रवेश गर्न कुनै पनि नागरिकको उमेर न्यूनतम ११ वर्ष तोकिएको छ । त्यस्तै १६ वर्ष मुनिका नाबालकहरुको हकमा एकल बीमाशुल्क भुक्तानी हुने गरी बीमालेख जारी नहुने बताइएको छ ।
अधिकता प्रवेश उमेरमा भने ६५ वर्ष तोकिएको छ ।
सो बीमाको समाप्ती उमेर ७० वर्ष रहेको छ भने बीमा अवधि ५ वर्ष, १० वर्ष, १५ वर्ष, २० वर्ष, २५ वर्ष वा ३० वर्ष तोकिएको छ ।
बीमाशुल्क भुक्तानी अवधि भने बीमा अवधि अनुसार हुने जनाइएको छ ।
५ वर्षे बीमा अवधिको बीमाका लागि एकल भुक्तानीको व्यवस्था रहेको छ ।
१० वर्षे अवधिको बीमाका लागि १ वा ५ वर्ष तोकिएको छ ।
१५ वर्षे अवधिको लागि लागि १, ५ वा १० वर्ष तोकिएको छ ।
२० वर्षे अवधिको बीमाका लागि १,५,१० वा १५ वर्ष तोकिएको छ ।
२५ वर्षे अवधिको बीमाका लागि १,५,१०,१५ वा २० वर्ष तोकिएको छ ।
३० वर्षे अवधिको बीमाका लागि १,५,१०,१५,२० वा २५ वर्ष तोकिएको छ ।
त्यस्तै, सो बीमा गर्न चाहने कुनै नागरिकले जम्मा न्यूनतम ५० हजार रुपैयाँ बराबरको पनि बीमा गर्न सक्नेछन् । यता, अधिकता बीमांक भने प्रस्तावकको आर्थिक स्थितीको आधारमा हुने एशियन लाइफले जनाएको छ ।
साथै, बीमितहरुले अधिकांश अवस्थामा एकल, वार्षिक, अर्धवार्षिक र त्रैमासिक रुपमा आफ्नो बीमाको किस्ता बुझाउँनु पर्ने कम्पनीले बताएको हो ।
एशियन लाइफ स्रोतका अनुसार बीमांक रकमको आधारमा बीमाशुल्क दरमा थप छुट दिइने र सो पक्ष यो बीमालेखको सुन्दर पक्ष रहेको जनाइएको छ ।
ठूलो बीमांकमा छुट
नव रत्न बीमालेख खरिद गर्दा १ लाखदेखि १ लाख ९९ हजारसम्ममा प्रतिहजार १ रुपैयाँका दरले छुट हुन्छ ।
फेरी सोही बीमालेखमा २ लाखदेखि माथि बीमांको बीमा गर्दा प्रतिहजार २ रुपैयाँले छुट हुन्छ ।
बीमाशुल्क भुक्तानीको आधारमा समेत छुट हुने
बीमाशुल्क भुक्तानीको आधारमा समेत छुट पाइने एशियन लाइफले जनाएको छ । कम्पनीले वार्षिक बीमाशुल्क बुझाउँदा २ प्रतिशत, अर्ध वार्षिक बीमाशुल्क भुक्तानी गर्दा १ प्रतिशत छुट दिने बताएको छ ।
यता, त्रैमासिक रुपमा किस्ता बुझाउँदा थोरै रकम पर्न जाने हुनाले छुट दिइएको छैन ।
रकम भुक्तानी दिने अवस्था
एशियन लाइफले बीमा समाप्ती मितिसम्म बीमित जीवित रहेमा वा बीमा समाप्ती मिति अगावै बीमितको मृत्यु भएमा बीमांक रकम र नियमअनुसारको बोसन एकमुष्ट दिने व्यवस्था रहेको सुनाएको छ ।
ऐच्छिक सुविधाहरु
दुर्घटना मुत्यु लाभ एडीबी, अपांड अशक्त सुविधा, बीमाशुल्क छुट सुविधा, समेत बीमितहरुले अप्सनल रुपमा लिन मिल्ने व्यवस्था रहेको छ ।
साथै, १६ वर्ष उमेर नपुगेका बीमितहरुको हकमा १६ वर्ष पूरा भए पश्चात मात्र बीमितको लिखित अनुरोधमा आवश्यक शुल्क लिइ ऐच्छिक सुविधा लिन मिल्ने एशियन लाइफ इन्स्योरेन्स स्रोतले जानकारी दिएको छ ।
एशियन लाइफले नवरत्न बीमा योजनामा नै ऐच्छिक सुविधा (एडीवी, पीटीडी, पीडब्लु बी) को लागि थप बीमाशुल्क दर प्रतिश वर्ष हजार बीमांकमा दिँदै आएको सुनाएको हो ।
त्यस्तै, एशियन लाइफका अनुभवि ब्रान्च म्यानेजर पोखरेलले बीमितले कुनै पनि बीमा योजना खरिद गर्दा सो बीमा योजनाको बारेमा सम्पूर्ण जानकारी लिएर मात्र बीमा गर्नु पर्ने सुनाए । बीमालेखको बारेमा केही पनि जान्न मन लागेका सम्बन्धित र विश्वासिला व्यक्तीबाट आवश्यक सूचना लिएमा आफूलाई आवश्यक बीमा योजनामा जोडिन सहज हुने र भैपरी आउने जोखिममा बीमा साथी बन्ने अनुभव सुनाएका हुन् ।
(मिरोर अफ इन्स्योरेन्स : बीमा दर्पण डटकम)