

अदालतले भन्यो : राजु पाण्डेको निलम्बन कार्यान्वयन नगर्नु




काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरेसँगै अदालतबाट तत्काल त्यस्तो निलम्बनको नगर्नु भन्ने आदेश जारी भएको छ । आदेश उच्च अदालत पाटनबाट जारी भएको हो।
सोही आदेशको आधारमा अब उनलाई निलम्बन गर्ने नगर प्रमुख प्रशासकीय अधिकृतको निर्णय तत्काल लागू नहुने देखिएको छ भने पाटन उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी तथा डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासबाट त्यस्तो निर्णय सुनाइएको छ ।
पाण्डे करिब २ साता अघि जेठ २० मा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबाट ६ महिनालाई निलम्बन परेसँगै सो विषयले चर्चा पाएको थियो ।