

जलविद्युत् बीमाका समस्या समाधान गर्छौ : बीमा प्राधिकरणका अध्यक्ष ओझा




काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सरद ओझा जलविद्युत क्षेत्रमा भित्र भित्रै ठूलो समस्याको जालोको रुपमा स्थापित भएका समस्याहरु समाधान गर्न तयार देखिएका छन् । लामो समयदेखि सरकार, बीमा कम्पनीहरु र जलविद्युतकर्मीहरुले ठूला र विभिन्न समस्या भोग्दै आएको बेलामा नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले अब समाधान खोज्ने बताएका हुन् ।
उनले नेपाल बीमा प्राधिकरण आफैले त्यस्ता समस्याहरु खोजी खोजी समाधान गर्ने भाव व्यक्त गर्दै आफुहरुको गृह कार्य भइरहेको बताएका हुन् । आज राजधानीमा आयोजितक एक काय्रकममा छोटो समय दिने भन्दै पुगेका उनै ओझाले त्यस्तो अभिव्यक्ती दिएका हुन् । उनले ठूला समस्या र विगतदेखि ग्रस्त रहेको निर्जीवन बीमाको मुख्य समस्याग्रत क्षेत्रमा ठूलै आश्वासन र सात्वना समेत बाढ्न सफल भएका छन् । तर, केही समय अघि जलविद्युतकर्मी, निर्माण व्यवसायीहरुले एभरेष्ट होटलमा स्वयम पूर्व अर्थमन्त्री प्रकाश शरण महत डाँकेर लामै छलफल चलाउँदा पनि समस्याहरु ज्यूँका त्यू रहेको देखिन्छ ।
अधिकांश कार्यक्रममा कम बोल्ने र मिडीया पत्रकारहरुसँगबाट इन्टर भ्यू वा आफ्नो तीन महिनो कार्यकालको समिक्षा, बजार प्रतिको बुझाई, बीमा बजारले खोजी रहेकोको बेलामा ओझा सो विषयमा भने खासै खुल्न चाहेका छैनन् । यद्यपी उनले हालसम्मका कुनै पनि अध्यक्षले सल्टाउन नसकेको जलविद्युतको क्षेत्रका समाधान खोज्न सुरु भएको भन्ने अभिव्यक्ती अुनसार आगामी दिनमा कुन हदसम्म कार्यन्वयन हुन्छ ? त्यो भने निकट भविष्यले देखाउँने नै छ ।
यता, नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको सोही छैठौं वार्षिकोत्सवकोमा ओझाले संघको अपरिहार्यतामा केही चर्चा गर्न भ्याए । अध्यक्ष पदमा रहदा उनले दिएको शितल आशाको जलविद्युतकर्मीहरुले शिघ्र कार्यन्वयन खोजी रहेको बेलामा अब उनी साच्चै के नेपाली बीमा क्षेत्रको खोजेको जस्तै निती निर्माण गर्न सफल हुन्छन् कि ? मौखिकमा मात्रै सिमित हुन्छन् त्यसको पनि उनलाई केही चुनौती थपिएकै छ ।
बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स
बीमा क्षेत्रमा पोस्ट मर्जर छलफल र मर्जरको मुख्य उदेश्यमा खासै छिर्न नरुचाउने देखिएका ओझाले आज भने जलविद्युत् बीमालाई सबल र सफल बनाउन नेपाल बीमा प्राधिकरण जलविद्युतकर्मीहरुसँग आवश्यक सहकार्य गर्न तयार खुलासा गरेका छन् ।
यस अघिसम्म केही पूर्व अर्थमन्त्रीले नै बीमा कम्पनीहरु आज पैसा लिन्छन् भोली कहाँ हराउँछन् भन्नेसम्मका अभिव्यक्ती दिन पछि गरेका थिइनन् । त्यो पनि जलविद्युतकर्मीहरुले उठाएका मागहरु जायज रहेको सन्दर्भमा । तर, आज नेपाल बीमा प्राधिकरणका बहालवाला अध्यक्ष स्वयमले नै जलविद्युत्का समस्या समाधान गर्ने बताएका हुन् ।
छिट्टै हामीले नेपालमा रहेका जलविद्युत क्षेत्रका मुख्य समस्याका लिस्ट समेत प्रकाशन गर्नेछौं । किनभने जलविद्युत क्षेत्रको समस्या अहिले निर्जीवन बीमा कम्पनीहरुलाई टाउको दुखाईको विषय भएको छ । कतिपय बीमाको पुनर्बीमाले पैसा दिन आनाकानी गर्नेदेखि जलविद्युतकै संरचना महंगा पूर्वाधारहरु बीमा हुने तर सर्भेयर रिर्पोट नपाउने अवस्थामा समेत रहेको जलविद्युत कर्मीहरुले गुनासो गर्ने गरेका छन् ।
आगामी दिनमा जलविद्युत बीमाको भुक्तानीमा बीमित जलविद्युतर्कीहरुले धारे हात नगलाउने किसिमका नीतिहरु बीमा क्षेत्रले तत्काल निर्माण गर्न आवश्यक देखिएको छ ।
साथै, आज अध्यक्ष ओझाले जलविद्युत् आयोजनाको बीमा कभरेजमा कमी भएकोदेखि सबैले मिलेर मात्रै समाधान गर्नु पर्ने सुनाए ।
यस्तो आवश्वासनले समग्र बीमा क्षेत्रका जलविद्युतको समस्या छिट्टै समस्या हुने र नेपाली जलविद्युत् क्षेत्रले पारदर्शी ढंगले जलविद्युत्का दाबी भुक्तानी पाउने बातावरण बनाउने सकेमा अध्यक्ष ओझाको कार्यकालको सबैभन्दा ठूलो सफलता देखिन्छ ।